२४ भाद्र २०८३, बुधबार
,
Latest
पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टूः नेपालले यूएईसँग खेल्दै



अ+ अ-

काठमाडौँ । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज सोमबार घरेलु टोली यूएईसँग खेल्दैछ ।

यस सिरिजको अन्तिम खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । नेपाल र यूएईबीचको खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।

नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । यूएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।