• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

विप्लव समूहद्वारा घोराही–तुल्सीपुर सडक अवरुद्ध



file photo

दाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरेको छ ।

घोराही–तुलसीपुर चारलेन सडक निर्माण पुरा गर्नुपर्ने भन्दै नेकपा तुलसीपुर नगर समितिले आइतबार बिहान तुलसीपुरको हात्तीखौवामा बिहान ११ बजेदेखि ११:३० सम्म आधा घण्टा सडक अवरुद्ध गरेको हो ।

नेकपाले सडक निर्माण सुरु नभए थप अन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । दाङको घोराहीको बबई नदीदेखि तुलसीपुरको हात्तीखौवासम्मको २५ किलोमिटर लामो सडक चार वर्षदेखि अलपत्र छ ।

भारतको तथ्य इञ्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले जिम्मा पाएको उत्त सडक चार वर्षमा १० प्रतिशतमात्र काम भएको छ ।