२७ भाद्र २०८३, शनिबार
,
Latest
बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कप छनोट खेल्ने यू–२० महिला टिमको बिदाइ



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने राष्ट्रिय महिला टोलीलाई बिदाइ गरेको छ ।

प्यालेस्टाइनमा हुने खेलमा सहभागी टोलीलाई एन्फाले बिदाइ गरेको हो । नेपाली टोली आइतबार नै त्यसतर्फ प्रस्थान गर्ने छन् ।

छनोटको पहिलो चरणमा नेपाल समूह ‘बी’मा परेको छ । नेपालसँगै आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना आइल्याण्ड समूह ‘बी’मा रहेको छ ।

नेपालले पहिलो खेल ८ मार्चमा घरेलु टोलि प्यालेस्टाइनविरुद्ध खेल्नेछ ।

छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरणका उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू(२० महिला एसियन कप खेल्नेछ ।

नेपाली टोली 

गोलकिपर: कविता विक, सावित्री किसन, लिला जोशी

डिफेन्डर: सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर: तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्ड: गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन