२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कप छनोट खेल्ने यू–२० महिला टिमको बिदाइ



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने राष्ट्रिय महिला टोलीलाई बिदाइ गरेको छ ।

प्यालेस्टाइनमा हुने खेलमा सहभागी टोलीलाई एन्फाले बिदाइ गरेको हो । नेपाली टोली आइतबार नै त्यसतर्फ प्रस्थान गर्ने छन् ।

छनोटको पहिलो चरणमा नेपाल समूह ‘बी’मा परेको छ । नेपालसँगै आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना आइल्याण्ड समूह ‘बी’मा रहेको छ ।

नेपालले पहिलो खेल ८ मार्चमा घरेलु टोलि प्यालेस्टाइनविरुद्ध खेल्नेछ ।

छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरणका उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू(२० महिला एसियन कप खेल्नेछ ।

नेपाली टोली 

गोलकिपर: कविता विक, सावित्री किसन, लिला जोशी

डिफेन्डर: सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर: तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्ड: गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन