• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   युएईविरुद्ध नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने ★   शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासंघको चेतावनी ★   हार्दिक पाण्ड्यालाई १२ लाख जरिवाना ★   रोहित शर्मा २५० आईपीएल खेल खेल्ने दोस्रो खेलाडी ★   प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट ★   कोशी प्रदेशको राजनीति झन् पेचिलो ★   सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना: ३ जनाको मृत्यु, ३२ घाइते ★   सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ जना घाइते (अपडेट) ★   संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर ★   बागमती, गण्डकी र कर्णालीमा आज हल्का पानी पर्ने

डलरको भाउ घट्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आजको विनिमय दरमा अमेरिकी एक डलरको खरिद दर १३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४५ पैसा तोकिएको छ । शुक्रवार एक डलरको खरिद १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा थियो।

यस्तै, अमेरिकी डलर घटेसँगै आज युरोपियन युरो पनि घटेको छ । जसअनुसार युरो एकको खरिददर १३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४६ पैसा रहेको छ । यसअघि शुक्रवार यसको खरिददर १३९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६१ पैसामा तोकिएको थियो ।

बेलायती पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८२ पैसा कायम भएको छ भने क्यानेडियन डलर एकको खरिद ९६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९० पैसा तोकिएको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, साउदी अरेवियन रियालको खरिद दर खरिददर ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २ पैसा र मलेसियन रिंगिट एकको खरिद २९ रुपैयाँ २३ पैसा र बिक्रीमा २९ रुपैयाँ ३७ पैसा कायम रहेको छ ।