७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेवातालमा डुङ्गा पल्टिँदा घाइते हुनुभएकी गिरीको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

पोखरा । पोखरामा आज दिउँसो ४ः१० बजे आएको हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

डुङ्गा दुर्घटनामा परी घाइते हुनुभएकी पोखरा महानगरपालिका–१ बगर बस्ने ७० वर्षीय याममाया गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।

डुङ्गामा सवार छ जनामध्ये अन्य पाँच जनाको अवस्था भने सामान्य रहेको जनाइएको छ । रासस