११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

वरिपरिका वनस्पति र भोजनमा नै छ कोरोनासँग लड्ने शक्ति !

वरिपरिका वनस्पति र भोजनमा नै छ कोरोनासँग लड्ने शक्ति !
अ अ+ अ-

काठमाडौं । प्राचीन कालमा एक जना वैद्यले आफ्ना विद्यार्थीहरूलाई धेरै वर्षसम्म विभिन्न औषधि र वनस्पतिको ज्ञान दिएपछि परीक्षा लिने बेलामा भने छन् । “तिमीहरू सबै जंगलमा जाऊ र एक महिनापछि त्यस्ता वनस्पति लिएर आऊ, जसको कुनै औषधीय महत्व छैन ।” सबै विद्यार्थीहरू जंगलमा गएर खोज्न थालेछन् । एक महिनापछि प्रायः विद्यार्थी हातमा कम्तीमा पनि दुई–तीनवटा वनस्पति लिएर फर्केछन् र गुरुजीलाई भनेछन्, “यी वनस्पतिको कुनै औषधीय महत्त्व छैन ।”

एक जना विद्यार्थीचाहिँ झण्डै ५ दिन ढिला फर्केर भने छन्, “गुरुजी, म त वनस्पति खोज्दा खोज्दा हैरान भए । तर हरेक वनस्पतिमा कुनै न कुनै औषधि पाएँ ।” गुरुजीले प्रसन्न भएर भनेछन्, “तिमी नै मेरा वास्तविक शिष्य रहेछौ । मेरो शेषपछि मेरो ठाउँ लिन योग्य छौँ ।” यो कथाबाट मैले सिकेको पाठ हो, “संसारमा कुनै न कुनै औषधीय गुण नभएको वनस्पति हुँदैन ।” हामीले हेर्न मात्र जान्नुपर्छ ।

मेरो बिहान शुरु हुन्छ कागती–पानी, टुसा उमारेको मेथी, आलस, मुङ्रेलो र फर्सीको दानाबाट । त्यसपछि मरिच, कागती र राखी पकाएको चिया । यस्तो चियामा स्वादको लागि बिरेनून पनि राख्न सकिन्छ । अदुवा र दालचिनीको धूलो मिसाएमा अझ स्वादिष्ट हुन्छ । यस्तो चियाले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ भन्ने त अनुभव थियो । कोरोनाको महामारीका बेलामा यसको अझ बढी महत्व रहेछ भन्ने पनि बुझियो । कोरोना संक्रमणको यस अवधिमा रोगसँग लड्ने शक्ति बढाउने बीउ, बियाँहरु र यस्तै अन्य वनस्पतिहरूको धेरै खोजी हुन थालेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई कोरोना संक्रमित भएर जटिलता उत्पन्न भएपछि मात्र बुझे कि उनको अत्यधिक मोटोपनले समस्या परेको रहेछ। अनि बल्ल उनले बेलायतमा ६४ प्रतिशत मानिस अत्यधिक मोटो भएकाले पत्रु खानाको जथाभावी विज्ञापनमा रोक लगाउनुपर्छ भन्ने बुझे। पहिले उनी बजारलाई स्वतन्त्र छोडिदिनुपर्ने विचार राख्थे । 

शारीरिक समस्याबाहेक पत्रु खानाले मानसिक स्वास्थ्यमा पनि समस्या पर्छ भनेर विभिन्न अध्ययनले देखाएको छ। गर्भवतीले चाउचाउ, बिस्कुट, गुलियो पेय पदार्थ जस्ता पत्रु खाना खाँदा भ्रूणको स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै बच्चाको मानसिक स्वास्थ्यमा पनि नराम्रो असर पर्ने भन्ने अमेरिकन एकेडेमी अफ चाइल्ड एण्ड एडोलसेन्ट साइकियाट्री संस्थाको अनुसन्धानमा उल्लेख छ। झन् अहिले कोरोनाभाइरस महामारीको वेला स्वस्थकर खानाको महत्व बढेको छ। व्यापारीहरूको भलो हेर्ने सरकारले यस्तो काम गर्ने छैन । बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै आमसञ्चारका माध्यमबाट अस्वस्थकर खानाबारे सूचना प्रवाह गर्नुपर्छ।

पत्रु खानामा क्याल्सियम, भिटामिन, खनिजजस्ता तत्व हुँदैनन्। वा अति नै कम हुन्छ। अनि बच्चा कुपोषित भई शारीरिक, मानसिक र संवेगात्मक विकासमा बाधा पुग्छ। तर, यो कुरा पनि धेरै विस्तारै हुनाले प्रायः कमैको ध्यान जान्छ। पत्रु खानामा अत्यधिक मात्रामा चिल्लो, नुनिलो र गुलियो पदार्थ हुन्छ। बालबालिकामा मोटोपन बढ्छ। अनि वयस्क नहुँदै उच्च रक्तचाप, मधुमेह, हड्डी कमजोर हुनेजस्ता समस्या देखिन्छ। 

भिटामिन ‘सी’ को प्रयोगले संक्रमणबाट बचाउँछ । भिटामिन ‘सी’मा रोग–प्रतिरोधात्मक शक्ति हुन्छ । भिटामिन ‘सी’को खोजी गर्दै औषधि पसलहरुमा पुग्नुभन्दा पहिले आफ्नै घरमा भिटामिन ‘सी’ भएका वस्तुहरू के छन् भनेर हेर्दा बेस हुन्छ । प्रायः सबै फलफूलमा धेरथोर भिमेरो त दिन नै कागती पानीले शुरु हुन्छ । हरेक दिन दुई अंमला खान्छु, अंबा र हलुवाबेद पनि खान्छु। कुनै पनि भिटामिनको चक्की खान्न । पैसा बचेको छ भिटामिन ‘सी’ पनि पाइन्छ ।

त्यसैगरी टुसा उमारेको केराउ, मटर, चना आदिमा पनि पर्याप्त भिटामिन ‘सी’ पाइन्छ । यिनलाई काँचै सलाद बनाएर खाँदा प्रोटिन, लौहतत्व र भिटामिन ‘सी’ पाइन्छ । यसले रोगसँग लड्ने शक्ति प्रदान गर्छ । त्यस्तै गाउँघरमा सजिलै पाइने आलस, फर्सीको बियाँ, सूर्यमुखी फूलको बियाँ पनि सूक्ष्म पौष्टिक तत्वका भण्डार हुन् । दिनदिनै अलि–अलि प्रयोग गर्दा यी पदार्थले शरीरमा रोग–प्रतिरोधात्मक शक्ति बढाउँछन् ।

गर्भवतीलाई आइरन चक्की बाँडेर रक्तअल्पता कम हुँदैन, गाउँघरमा पाइने खानेकुराबारे बुझाउन जरुरी छ । गेडागुडीलाई उमारेर पकाउनाले यसमा पौष्टिकतत्वको मात्रा बढ्छ । पाकिसकेपछि अलिकता कागतीको अमिलो वा गोलभेंडा हालिदिनाले भिटामिन सीले यिनमा रहेको लौहतत्व राम्ररी सोसिन पाउँछ । त्यसैले होला, पहिले–पहिले दालभात, साग, अमिलो मोही खाने चलन थियो ।

गर्भवतीलाई गाउँघरमा पाइने भटमास, गहत, पिँडालु, सजिवन, गडागुडी, लट्टेको साग जस्ता खानेकुरा खानेकुराको महत्त्व बुझाउनुपर्छ। मासको दाल फलामको भाँडामा पकाएर खाँदा राम्रो हुन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ। कोदो फापर सजिलै पाइन्छ जुन पौष्टिकताले भरिपूर्ण हुन्छ ।