२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२: टस हारेर बलिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीविरुद्ध टस हारेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको टस जितेर पपुवा न्युगिनीले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

नेपालले आजको खेलमा हिजोको टिममा एक परिवर्तन गरेको छ । नेपालले आज तीव्र गतिका बलर गुलशन झाको स्थानमा भीम सार्कीलाई मौका दिएको छ ।

नेपाल ३० खेलमा १३ हार र १५ जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ जित र २६ हारसहित ७ अंकका साथ अन्तिममा रहेको छ । यहि सिरिजमा पिएनजीबिरुद्धको पहिलो खेलमा नेपालले पिएनजीलाई १० विकेटले पराजित गरेको थियो ।

नेपालले विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ । ओडिआई मान्यताको लागि भने नेपालले चार जित आवश्यक छ ।

बिहीबार घरेलु टोली युएईसँग नेपाल ६८ रनले पराजित भएको थियो । नेपालका कुशल मल्लले ६० रन बनाउदा अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपाल आजको खेलमा राम्रो ब्याटिङ चाहन्छ ।

नेपालको प्लेइङ ११:

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, भीम सार्की,, कुशल मल्ल, सन्दीप लामिछाने, आरिफ शेख ।