२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२: टस हारेर बलिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीविरुद्ध टस हारेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको टस जितेर पपुवा न्युगिनीले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

नेपालले आजको खेलमा हिजोको टिममा एक परिवर्तन गरेको छ । नेपालले आज तीव्र गतिका बलर गुलशन झाको स्थानमा भीम सार्कीलाई मौका दिएको छ ।

नेपाल ३० खेलमा १३ हार र १५ जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ जित र २६ हारसहित ७ अंकका साथ अन्तिममा रहेको छ । यहि सिरिजमा पिएनजीबिरुद्धको पहिलो खेलमा नेपालले पिएनजीलाई १० विकेटले पराजित गरेको थियो ।

नेपालले विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ । ओडिआई मान्यताको लागि भने नेपालले चार जित आवश्यक छ ।

बिहीबार घरेलु टोली युएईसँग नेपाल ६८ रनले पराजित भएको थियो । नेपालका कुशल मल्लले ६० रन बनाउदा अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपाल आजको खेलमा राम्रो ब्याटिङ चाहन्छ ।

नेपालको प्लेइङ ११:

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, भीम सार्की,, कुशल मल्ल, सन्दीप लामिछाने, आरिफ शेख ।