११ मंसिर २०८१, मंगलवार
,
Latest
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ यु–१९ एशिया कपमा उत्कृष्ट नतिजा दिन तयार छौं– प्रशिक्षक शक्ति गौचन सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छः अर्थमन्त्री पौडेल कालीगण्डकी नदी किनारमा शव भेटियो दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटः नेपालले दक्षिण अफ्रिकालाई हरायो प्रधानमन्त्रीको टिप्पणीः मुलुकमा झुटको खेती गर्नेको कमी छैन विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी छः अर्थमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा डेल रेः बार्सिलोनाले रियल मड्रिडलाई हरायो



अ+ अ-

एजेन्सी । कोपा डेल रे फुटबल प्रतियोगिता अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई १–० गोलले पराजित गरेको हो ।

रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको एल क्लासिकोमा बार्सिलोनाका लागि विजयी गोल भने उपहारस्वरुप पाएको थियो । खेलको २६ औं मिनेटमा रियलका एडर मिलिसाओले आत्मघाती गोल गरेका हुन् ।

बार्सिलोनाका केसेईले प्रहार गरेको बललाई रियलका गोलकिपर कोर्तुआले खुट्टाले बचाउ गरेपनि फर्किएको बल मिलिसाओलाई लागेर आत्मघाती गोल हुन पुग्यो । ४० औं मिनेटमा रियलले गोल गर्ने अवसर पाएको थियो ।

तर, कार्भाहालको प्रहार आकाशियो । ७२ औं मिनेटमा केसेईले प्रहार गरेको बललाई आफ्नै टिमका अन्सु फातीले छेक्न पुगे । उनले नछेकेको अवस्थामा उक्त बल गोलमा परिणत हुने सम्भावना थियो ।

अब यी दुई टोलीबीचको सेमिफाइनल अन्तरगत नै दोस्रो लेग अप्रिल ६ मा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ ।