२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा द्विमत छैन: प्रवक्ता महत



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा द्विमत नरहेको दाबी गर्नुभएको छ ।

बिहीवार ७ दलीय गठबन्धनले काठमाडौंमा आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले प्रदेशमात्रै रहेका २ दलसहित अहिलेसम्म राष्ट्रपतिका उम्मेदवार पौडेललाई समर्थन गर्ने दलहरुको संख्या ११ पुगिसकेको बताउनु भयो । उहाँले अहिलेको परिस्थितिलाई बुझ्ने उपयुक्त पात्र पौडेल मात्रै भएको भन्दै समर्थन अझै बढ्ने सम्भवना ठूलो रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिमा ८ दलीय गठबन्धनबाट हाम्रो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ । उहाँका लागि अहिलेसम्म ११ दलहरुले नै समर्थन गर्नुहुने भएको छ । अरु दलहरुबाट पनि समर्थन प्राप्त हुनसक्छ । किनभने अहिलेको लागि उपयुक्त पात्र हो । लोकतन्त्रको लागि लामो संघर्ष गरेको व्यक्तित्व हुनुहुन्छ, साथै संविधान रक्षाको लागि महत्वपूर्ण व्यक्ति हुनुहुन्छ ।’

‘समर्थन अझै बढ्ने सम्भवना छ । एमालेको पनि हाम्रो उम्मेदवारलाई समर्थन भए झनै राम्रो हो । धेरै ठूलो समर्थन रामचन्द्र पौडेलजीले प्राप्त गर्दै हुनुहुन्छ । अहिलेको आवश्यक्ताको पूर्ति उहाँले गर्न सक्नुहुन्छ भन्नेमा नै समर्थन प्राप्त भइरहेको छ । प्रदेशमा मात्रै सहभागी दलहरुको समर्थन थपिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जित्नेमा द्विमत नै छैन ।’

अभिमुखीकरण कार्यक्रममा उम्मेदवार पौडेलले संविधानको अक्षरश: पालना गर्नेकुरामा प्रतिवद्धता जनाउनुभएको बताउनु भयो ।