२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–टू: युएईद्वारा नेपाललाई २ सय ८ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा यूएईले जितको लागि नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २०७ रन बनायो ।

यूएईको लागि असिफ खानले ७२ रनको अर्धसतकिय इनिङ खेले । उनले ५ चौँका र तीन छक्का प्रहार गरे । नेपालका स्पिनर सन्दीप लामिछानेले उनलाई करण केसीको हातबाट क्याच गराएर नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए ।

यस्तै, यूएईका मुस्तफाले २ चौकाको सहयोगमा ७६ बलमा ५२ रन बनाएर अविजित रहे । आर्यान ल्याक्राले २८ तथा रिजवानले २२ रन बनाउँदा आर्विन्द १८ रनमा सिमित रहे ।

नेपालका लागि बलिङ गरेका सन्दीप लामिछाने र करण केसीले समान ३/३ विकेट लिए । आरीफ शेख, कुशल मल्लले भने समान १/१ विकेट लिए ।