३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिमा भोट माग्दै एमाले नेताहरू रास्वपा कार्यालयमा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेताहरु राष्ट्रपतिमा सुवास नेम्वाङलाई भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा पुग्नुभएको छ। नेम्वाङ एमालेबाट राष्ट्रपतिको उम्मेदवार हुनुहुन्छ । उम्मेदवार नेम्वाङसहित नेताहरु रास्वपा कार्यायल वसुन्धारा पुग्नुभएको हो ।

भेटमा रास्वपाबाट सभापति रवि लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, महामन्त्री मुकुल ढकाललगायत नेताहरु सहभागी हुनुहुन्छ । यस्तै एमालेबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, रघुवीर महासेठलगायत नेताहरु सहभागी हुनुहुन्छ ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे रास्वपा सभापति लामिछानेसँग एमाले नेताहरुले छलफल भइरहेको बताइएको छ । रास्वपाबाट सभापति लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, महामन्त्री मुकुल ढकाललगायत नेताहरु सहभागी छन्।

यसअघि एमाले नेताहरुले आफ्ना उम्मेदवार नेम्वाङलाई मत माग्न नेकपा ९एकीकृत समाजवादी० का नेताहरुसँग छलफल गरेको थियो।