१५ भाद्र २०८३, सोमबार
,
Latest
समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिमा भोट माग्दै एमाले नेताहरू रास्वपा कार्यालयमा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेताहरु राष्ट्रपतिमा सुवास नेम्वाङलाई भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा पुग्नुभएको छ। नेम्वाङ एमालेबाट राष्ट्रपतिको उम्मेदवार हुनुहुन्छ । उम्मेदवार नेम्वाङसहित नेताहरु रास्वपा कार्यायल वसुन्धारा पुग्नुभएको हो ।

भेटमा रास्वपाबाट सभापति रवि लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, महामन्त्री मुकुल ढकाललगायत नेताहरु सहभागी हुनुहुन्छ । यस्तै एमालेबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, रघुवीर महासेठलगायत नेताहरु सहभागी हुनुहुन्छ ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे रास्वपा सभापति लामिछानेसँग एमाले नेताहरुले छलफल भइरहेको बताइएको छ । रास्वपाबाट सभापति लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, महामन्त्री मुकुल ढकाललगायत नेताहरु सहभागी छन्।

यसअघि एमाले नेताहरुले आफ्ना उम्मेदवार नेम्वाङलाई मत माग्न नेकपा ९एकीकृत समाजवादी० का नेताहरुसँग छलफल गरेको थियो।