१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

पाथीभरा पदमार्गमा अभियान्ताका ‘डस्टबिन’

पाथीभरा पदमार्गमा अभियान्ताका ‘डस्टबिन’
अ अ+ अ-

ताप्लेजुङ । धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइमा सहयोग गर्दै आएका सामाजिक अभियान्ताले पाथीभरा पदमार्गमा एक सय ५९ थान डस्टबिन राखेका छन् ।

हाम्रो अभियान नेपालसहितका छ ओटा सङ्घसंस्थामा आवद्ध सामाजिक अभियान्ताले बुधबार पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत काफ्ले पार्टीदेखि मन्दिरसम्म फोहर सङ्कलनका लागि डस्टबिन राखेका हुन् ।

मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति हुने र प्लाष्टिकजन्य वस्तुसहितका फोहर बढ्ने भएकाले पदमार्गका विभिन्न ठाउँमा डस्टबिन राखिएको मेची महाकाली सरसफाइ अभियान नेपालका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार डस्टबिन राख्ने कार्यमा मनका कुरा, नेप्लिज टिन्स, विराट पोखरी सरोवरलगायतका संस्था संलग्न छन् ।

“विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइका साथै आर्थिक अवस्था कमजोर भएका र असहाय नागरिकको उद्धार गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । पाथीभरा क्षेत्रमा यसअघि पनि सरसफाइको काम गरेको उहाँको भनाइ छ ।

डस्टबिन व्यवस्थापनमा फुङ्लिङ नगरपालिका, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले सहयोग गरेको थियो । मन्दिर जाने मार्गमा प्लाष्टिकका वस्तु, पेय पदार्थका खोल तथा मोजा यत्रतत्र देखिन थालेकाले सरसफाइ गरिएको अभियान्ता प्रकाश दाहालले बताउनुभयो । उहाँका अनुसार विभिन्न पेसा व्यवसायी र वैदेशिक रोजगारमा गएका युवाको सहयोगमा डस्टबिन खरिद गर्ने गरिएको छ ।

तीर्थयात्रीले डस्टबिनमा फोहर फाल्नुको सट्टा जथाभावी फाल्ने गरेकाले फोहर बढ्दै गएको स्थानीयले गुनासो गरेका छन् । पाथीभरा मन्दिरमा दैनिक सयौँको सङ्ख्यामा तीर्थयात्री आउने जाने गर्दछन् । रासस