२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोट माग्दै सुवास नेम्वाङ एकीकृत समाजवादी कार्यालयमा



अ+ अ-

काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार नेकपा (एमाले) का नेता सुवास नेम्वाङ नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय पुग्नुभएको छ।

बिहीबार बिहान नेम्वाङसहित एमालेका नेताहरू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूसँग भेटवार्ता गर्न कार्यालय पुग्नुभएको हो ।

राष्ट्रपतिमा भोट माग्न नेम्वाङसहित विष्णु पौडेल र पृथ्वीसुब्बा गुरूङलगायत नेताहरु एकीकृत समाजवादी कार्यालय जानुभएको हो ।

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले बिहीबार दिउँसो १ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बसुन्धारास्थित कार्यालय पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनसँग बिहीबार दिउँसो २:३० बजे राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर राष्ट्रपतिमा भोट माग्ने कार्यक्रम छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि राष्ट्रपति उम्मेदवार नेम्वाङलाई भोट माग्दै एकीकृत समाजवादी अध्यक्ष नेपाललगायत शीर्ष नेताहरूलाई पत्र पठाउनुभएको थियो ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । राष्ट्रपतिमा नेम्वाङ र नेपाली कांग्रेसबाट नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ ।