२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप छनोट: नेपाललाई तेस्रो झड्का



अ+ अ-

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको यूएईविरुद्धको अन्तिम खेलमा नेपालले तिन विकेट गुमाएको छ । अजमानको इडन ग्रार्डेन ओभलमा भईरहेको खेलमा नेपालले तिन विकेट गुमाएको हो ।

नेपालका ओपनर दीपक बोहोरालाई ईनिङको पहिलो बलमा नै हरिस शेठ्ठीले बोल्ड आउट गरे । अर्का ओपनर अर्जुन कुमाल चौथो ओभरको पाँचौं बलमा तीन रन बनाएर स्पिनर हर्षशितको बलमा क्याच आउट भए । ब्याट्सम्यान आकाश त्रिपाठी पनि हरिस शेठ्ठीको बलमा आउट भए ।

यो समाचार तयार पार्दासम्म नेपालले ६ ओभरमा ३ विकेटको क्षतिमा १९ रन बनाएको छ ।

नेपाल र युएई दुवै सुरुवाती चार खेल देखि नै अपराजित रहदै आएको छ । दुवैको समान ८ अंक भएपनि युएईको नेटरनरेट बढि भएकोले शीर्ष स्थानमा छ । नेपालले आजको खेलमा युएईलाई हराए २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्नेछ ।

नेपालको प्लेईङ ११:
आकाश त्रिपाटी, आकाश चन्द, अर्जुन कुमाल, विशालविक्रम केसी, दीपक बोहरा, देव खनाल, दीपेश कँडेल, हेमन्त धामी, मिलन बोहरा, सुवास भण्डारी, उत्तम थापामगर