६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप छनोट: नेपाललाई तेस्रो झड्का



अ+ अ-

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको यूएईविरुद्धको अन्तिम खेलमा नेपालले तिन विकेट गुमाएको छ । अजमानको इडन ग्रार्डेन ओभलमा भईरहेको खेलमा नेपालले तिन विकेट गुमाएको हो ।

नेपालका ओपनर दीपक बोहोरालाई ईनिङको पहिलो बलमा नै हरिस शेठ्ठीले बोल्ड आउट गरे । अर्का ओपनर अर्जुन कुमाल चौथो ओभरको पाँचौं बलमा तीन रन बनाएर स्पिनर हर्षशितको बलमा क्याच आउट भए । ब्याट्सम्यान आकाश त्रिपाठी पनि हरिस शेठ्ठीको बलमा आउट भए ।

यो समाचार तयार पार्दासम्म नेपालले ६ ओभरमा ३ विकेटको क्षतिमा १९ रन बनाएको छ ।

नेपाल र युएई दुवै सुरुवाती चार खेल देखि नै अपराजित रहदै आएको छ । दुवैको समान ८ अंक भएपनि युएईको नेटरनरेट बढि भएकोले शीर्ष स्थानमा छ । नेपालले आजको खेलमा युएईलाई हराए २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्नेछ ।

नेपालको प्लेईङ ११:
आकाश त्रिपाटी, आकाश चन्द, अर्जुन कुमाल, विशालविक्रम केसी, दीपक बोहरा, देव खनाल, दीपेश कँडेल, हेमन्त धामी, मिलन बोहरा, सुवास भण्डारी, उत्तम थापामगर