२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप छनोट: टस जितेर ब्याटिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको निर्णायक खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ । आजमानमा रहेको इडेन गार्डेन ओभलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले आजको खेलमा मलेसियालाई १० विकेटले हराउँदाको टोलीलाई नै निरन्तरता दिएको छ । आजको खेलमा पनि दुर्गेश गुप्ता, दीपक डुम्रे र दीपक बोहरा बेन्चमा राखेको छ।

नेपाल र युएई दुवै सुरुवाती चार खेल देखि नै अपराजित रहदै आएको छ । दुवैको समान ८ अंक भएपनि युएईको नेटरनरेट बढि भएकोले शीर्ष स्थानमा छ । नेपाल आजको खेलमा युएईलाई हराएर २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा छ ।

नेपालले यसअघिको खेलमा सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले पराजित गरेको थियो । यस्तै, घरेलु टोली युएईले पनि मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई ८–८ विकेटले हराएको थियो ।

नेपाल २०१९ मा युएईसँगको एक रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ । २०१९ मा नेपालले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको युएईले ३० ओभरमा १२२(३ को अवस्थामा वर्षाले खेल रोकिएपछि नेपाल एक रनले पराजित भएको थियो ।

नेपालको प्लेइङ ११:

दीपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, देव खनाल, विशाल विक्रम केसी, मिलन बोहरा, दीपेश कँडेल, सुवास भण्डारी, आकाश चन्द, हेमन्त धामी र उत्तम थापामगर (विकेटकिपर)




भर्खरै