२१ मंसिर २०८२, आईतवार
,
Latest
जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप छनोट: टस जितेर ब्याटिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको निर्णायक खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ । आजमानमा रहेको इडेन गार्डेन ओभलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले आजको खेलमा मलेसियालाई १० विकेटले हराउँदाको टोलीलाई नै निरन्तरता दिएको छ । आजको खेलमा पनि दुर्गेश गुप्ता, दीपक डुम्रे र दीपक बोहरा बेन्चमा राखेको छ।

नेपाल र युएई दुवै सुरुवाती चार खेल देखि नै अपराजित रहदै आएको छ । दुवैको समान ८ अंक भएपनि युएईको नेटरनरेट बढि भएकोले शीर्ष स्थानमा छ । नेपाल आजको खेलमा युएईलाई हराएर २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा छ ।

नेपालले यसअघिको खेलमा सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले पराजित गरेको थियो । यस्तै, घरेलु टोली युएईले पनि मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई ८–८ विकेटले हराएको थियो ।

नेपाल २०१९ मा युएईसँगको एक रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ । २०१९ मा नेपालले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको युएईले ३० ओभरमा १२२(३ को अवस्थामा वर्षाले खेल रोकिएपछि नेपाल एक रनले पराजित भएको थियो ।

नेपालको प्लेइङ ११:

दीपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, देव खनाल, विशाल विक्रम केसी, मिलन बोहरा, दीपेश कँडेल, सुवास भण्डारी, आकाश चन्द, हेमन्त धामी र उत्तम थापामगर (विकेटकिपर)