• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   रवि लामिछानेविरुद्धको रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ ★   ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र ★   रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै ★   चुरे विनास भएकोका चिन्ता, संरक्षणको माग ★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए

गणतन्त्रका संबाहक शक्ति नसच्चिए दुर्घटना: कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठुला भनिने नेताहरुले गरिरहेको राष्ट्रदोहन र नितिगत भ्रष्टाचारमा भएको संलग्नताबारे तिब्र रोष प्रकट गरेका छन् । ‘पुर्ब राष्ट्र प्रमुख र पुर्ब प्रधानमन्त्रीहरु नै आर्थिक सहायताको नाममा नितिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण हो’ थापाले भने ।

आज काठमाडौंमा पार्टी आबद्ध जनबर्गिय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राजाको मायाले नभई गणतन्त्र जस्तो भद्रगोल ब्यबस्थाले गर्दा गणतन्त्र कै विकल्प खोजि गर्दै जनता सडकमा आउन बाध्य हुने तर्क गरे ।

थापाले मुलुकको अबस्था अत्यन्तै नाजुक भएको कारण देशको अवस्थाले गर्दा ब्यबस्था परिबर्तन हुन सक्ने भन्दै गणतन्त्रका संबाहक हौ भन्नेहरु नसच्चिए दुर्घटना अबश्यमंभाबी भएको दाबी गरे । गरिब जनता सिटामोल खान सक्ने अबस्थामा छैनन् , ठुला नेताहरु ब्रम्हलुटमा लिप्त छन् ।

थापाले थपे  ‘यो दुर्घटनाको सङ्केत हो’। भ्रष्टाचार ,बेरोजगारी ,कुशासन,धर्मपरिबर्तनले आक्रान्त जनता नाङ्गो ब्रम्हलुटबाट आजित भएको बताए । भ्रष्टाचार र संघीयताको भारले मुलुक कङ्गाल भएको भन्दै थापाले देशको न्यायपालिका, कार्यपालिका र ब्यबस्थापिका प्रभाबहिन बन्दै जानू ब्यबस्था नै असफल उन्मुख हुनु हो भन्ने टिप्पणी गरे ।

उनले नेता,कार्यकर्ताहरुलाई अब सडक संघर्षको लागि तयारिमा लाग्न निर्देशन दिए । कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला लगायत जनबर्गिय संगठनका अध्यक्षहरुले बोलेका थिए ।