२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्रका संबाहक शक्ति नसच्चिए दुर्घटना: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठुला भनिने नेताहरुले गरिरहेको राष्ट्रदोहन र नितिगत भ्रष्टाचारमा भएको संलग्नताबारे तिब्र रोष प्रकट गरेका छन् । ‘पुर्ब राष्ट्र प्रमुख र पुर्ब प्रधानमन्त्रीहरु नै आर्थिक सहायताको नाममा नितिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण हो’ थापाले भने ।

आज काठमाडौंमा पार्टी आबद्ध जनबर्गिय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राजाको मायाले नभई गणतन्त्र जस्तो भद्रगोल ब्यबस्थाले गर्दा गणतन्त्र कै विकल्प खोजि गर्दै जनता सडकमा आउन बाध्य हुने तर्क गरे ।

थापाले मुलुकको अबस्था अत्यन्तै नाजुक भएको कारण देशको अवस्थाले गर्दा ब्यबस्था परिबर्तन हुन सक्ने भन्दै गणतन्त्रका संबाहक हौ भन्नेहरु नसच्चिए दुर्घटना अबश्यमंभाबी भएको दाबी गरे । गरिब जनता सिटामोल खान सक्ने अबस्थामा छैनन् , ठुला नेताहरु ब्रम्हलुटमा लिप्त छन् ।

थापाले थपे  ‘यो दुर्घटनाको सङ्केत हो’। भ्रष्टाचार ,बेरोजगारी ,कुशासन,धर्मपरिबर्तनले आक्रान्त जनता नाङ्गो ब्रम्हलुटबाट आजित भएको बताए । भ्रष्टाचार र संघीयताको भारले मुलुक कङ्गाल भएको भन्दै थापाले देशको न्यायपालिका, कार्यपालिका र ब्यबस्थापिका प्रभाबहिन बन्दै जानू ब्यबस्था नै असफल उन्मुख हुनु हो भन्ने टिप्पणी गरे ।

उनले नेता,कार्यकर्ताहरुलाई अब सडक संघर्षको लागि तयारिमा लाग्न निर्देशन दिए । कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला लगायत जनबर्गिय संगठनका अध्यक्षहरुले बोलेका थिए ।