२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 5.66

Humidity: 41

Latest
सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छः ट्रम्प विमानस्थलबाट गाँजासहित एक जना पक्राउ विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड दुई ‘रियालिटी शो’का लागि ६० देशबाट प्रतिभा छनोट नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान, पूर्वउपराष्ट्रपति पुन पनि सहभागि पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश ‘सानातिना कुरा र वैयक्तिक स्वार्थजस्ता कुराहरुमा नअलमलिई देश र जनताको आवश्यकतामा ध्यान दिनुपर्छ’ सलमान खानलाई ‘घरमै घुसेर मार्छु’ भनी धम्की दिने व्यक्ति पक्राउ पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि तयार: ट्रम्पका दूत
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा रमिता: संसदको प्रमुख प्रतिपक्षी दलमा काँग्रेस र एमाले दुवै दलको दाबी



अ+ अ-

काठमाडौं । संसदका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दल आफू दाबी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदको पहिलो दल नेपाली काँग्रेस र दोस्रो दल नेकपा (एमाले) ले विश्वासको मत दिएका थिए । सरकारलाई विश्वासको मत दिएपनि आफू सरकारमा सहभागि नभएको भन्दै नेपाली काँग्रेस प्रतिपक्षी बेन्चमा बस्दै आएको थियो ।

राष्ट्रपतिको उम्मेदवारको विषयमा तत्कालिन सत्तारुढ गठबन्धन विभाजित भएपछि गत सोमवार नेकपा(एमाले)ले सरकार छोडेको थियो भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । यससँगै नेकपा(एमाले)ले आफूहरु प्रमुख प्रतिपक्ष भएको दाबी गरेको छ । कुन–कुन दल सत्तापक्ष र कुन–कुन दल प्रतिपक्ष हुन् भन्ने यकिन नभइसकेको अवस्थामा बुधवारका लागि तय भएको प्रतिनिधि सभाको बैठक आगामी चैत्र ५ गतेसम्मका लागि स्थगित भएको छ । काँग्रेस र एमाले भने आफूलाई प्रमुख प्रतिपक्षी भएको तर्क पेस गरिरहेका छन् ।

यसै सन्दर्भमा बुधवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली काँग्रेस पार्टी प्रमुख प्रतिपक्षी दल भएको बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्ष दलको नेता शेरबहादुर देउवा रहेको पनि उल्लेख गर्नुभयो । काँग्रेस सरकारमा नजाँदासम्म संसदको प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहने उहाँको भनाई छ । एमाले पनि सरकारमा नरहेको अवस्था भएमा संख्यात्मक हिसावले काँग्रेस अगाडी रहेकाले काँग्रेस नै प्रमुख प्रतिपक्षी दल हुने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस हो । प्रमुख प्रतिपक्षी दलको अथवा विपक्षी दलको नेता माननीय शेरबहादुर देउवाजी हुनुहुन्छ । यसमा कुनै आशंका, यसमा कुनै दुविधा हुनुपर्ने कुनै कुरा छैन । कुनै ठाउँ छैन । हामी सरकारमा नजाँदासम्म, हामी भोलिका दिनमा सरकारमा जाउँला, सत्ता पक्ष बनुँला, त्यो बेग्लै पाटो भो । त्यो भविष्यमा होला । तर हामी सरकारमा नजाँदासम्म हामी प्रतिनिधि सभामा विपक्षी दल हो । माननीय शेरबहादुर देउवा विपक्षी दलको नेता हो । त्यसको त प्रष्ट स्थिति छ नि त, हामी एमालेभन्दा आजका दिनमा संख्यात्मक रुपले हामी अगाडी छौँ । संख्यामा जो सबैभन्दा ठूलो दल हुन्छ त्यही विपक्षी दल हुन्छ । त्यसमा कुनै दुविधा गर्नुपर्ने कारण छैन । त्यो एमालेले पनि राम्ररी बुझेको छ । संसदले पनि राम्ररी बुझेको छ । त्यसमा कुनै दुविधा छैन ।’
त्यस्तै न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा (एमाले) का सचिव तथा सांसद छविलाल विश्वकर्माले एमाले सरकारमा नरहेको र समर्थन पनि नगरेकाले प्रमुख प्रतिपक्षी भएको बताउनु भयो । उहाँले आफूहरुले औपचारिक रुपमै प्रमुख प्रतिपक्षी भएको दाबी गरिसकेको स्पष्ट पार्नुभयो । यद्यपी को प्रमुख प्रतिपक्षी दल हो भन्ने कुरा निरुपण गर्ने काम संसद सचिवालयको भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी त प्रतिपक्षमा छौँ भनेका छौँ । निर्धारण गर्ने काम सचिवालयको हो । सत्तापक्षमा हुनका लागि जोड गर्ने भन्दापनि प्रमुख प्रतिपक्ष हुनका लागि जोड गर्ने जस्तो देखियो । नेपाली काँग्रेसले प्रतिपक्ष नै हौँ भन्छ भने उसको कुरा रह्यो । हामी त औपचारिक रुपमा प्रतिपक्ष छदैछौँ । ऊ सत्तामा नरहेर प्रमुख प्रतिपक्ष वा प्रतिपक्ष नै हुन्छु भन्छ भनेपनि उसको कुरा हो । यसमा निरुपण गर्ने काम सचिवालयको हो । नेकपा(एमाले)मा कुनै दुविधा नै छैन । हामीले प्रष्ट पारि नै सकेका छौँ । हामी सत्तामा छैनौँ । सत्तापक्ष होइनौँ । नेकपा(एमाले) अहिले प्रतिपक्ष हो । प्रमुख प्रतिपक्ष खासमा नेकपा(एमाले) हो । औपचारिक रुपमा हामीले यो भनि नै सकेका छौँ । एमाले यो सन्दर्भमा दुविधामा छैन ।’

त्यसैगरी न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै एमालेका केन्द्रिय सदस्य सांसद ठाकुर गैरेले एमाले संसदको प्रतिपक्षी बेन्चमा बस्ने बताउनु भयो । एमाले प्रतिपक्षी भएर जनताको आवाज संसद र सडकबाट उठाउने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आज यो सरकार बहुमतको पोजिसनमा छैन । यसको अर्थ यो अल्पमतको सरकार हो । नेकपा(एमाले) सरकारबाट बाहिरिएको छ । समर्थन फिर्ता लिएको छ । स्वत: नेकपा(एमाले)आजको प्रतिपक्ष दल हो । अर्को परिस्थिति निर्माण नभएसम्म नेकपा(एमाले)ले प्रतिपक्षको बेन्चमा बसेर संसदमा, सडकमा, जनताका आवाजहरुलाई उठाउने र देशलाई सुव्यवस्थातर्फ लैजानका लागि, लोकतन्त्रलाई बलियो बनाउनका लागि, राष्ट्रियतालाई बलियो बनाउनका लागि हामीले प्रतिपक्षको बेञ्चमा रहेर भुमिका निर्वाह गर्छौं ।’

उहाँले एमाले सरकारमा रहँदापनि कांग्रेसले सरकारलाई विश्वासको मत दिएको उल्लेख गर्दै काँग्रेस सत्तापक्ष अथाव प्रतिपक्ष दुवै हैसियतमा बस्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले काँग्रेसको परिचय खुल्न नसकेको प्रतिक्रिया दिनुभयो ।