२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसले दियो अमिताभ बच्चन र धर्मेन्द्रको घर बमले उडाउने धम्की ?



अ+ अ-

एजेन्सी । बलिउड दिग्गज अभिनेताद्वय अमिताभ बच्चन, धर्मेन्द्र तथा व्यवसायी मुकेश अम्बानीको घरमा बम राख्ने धम्की आएको छ ।

मंगलबार, एक अज्ञात व्यक्तिले नागपुर पुलिस कन्ट्रोल रुममा फोन गरी तीन जनाको घर उडाउने धम्की दिएका हुन् । उक्त व्यक्तिले फोनमा मुम्बईको दादरमा २५ हतियारधारी मानिस आइपुगेको जसले आतंकवादी घटना गराउने दाबी गरेका छन् ।

टाइम्स अफ इन्डियासँगको कुराकानीका क्रममा मुम्बई प्रहरीले भने, ‘फोन आउनेबित्तिकै हामीले बम स्क्वाड टोलीलाई सेलिब्रेटीको घरमा छानबिन गर्न पठायौं । तर, यो अवधिमा हामीले केही पाएनौँ ।’ यसैबीच मुम्बई प्रहरीले अमिताभ र धर्मेन्द्रको घरको सुरक्षा बढाएको छ ।




भर्खरै