२९ भाद्र २०८३, सोमबार
,
Latest
उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रपुर झापा गोल्डकपको उपाधि आर्मीलाई



अ+ अ-

झापा । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा भएको ‘प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप’को उपाधि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको समयमा पनि दुवै टोलीका तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

टाइब्रेकरमा मछिन्द्रका रेजिन धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोलरक्षक समित श्रेष्ठले रोकेका थिए । आर्मीका सेसेहाङ आङदम्बेको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले रोके ।

टाइब्रेकरमा आर्मीका दीपेन्द्र कार्की, सन्तोष केसी, रिपु भुलाल र सुशान्त चौधरीले गोल गरे भने मछिन्द्रका लागि दिवाकार चौधरी, सुजल श्रेष्ठ र दिपेश घलेले गोल गरेका थिए । जितसँगै आर्मीले रू १३ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता मच्छिन्द्रले रू सात पुरस्कार प्राप्त गर्यो ।

खेलको ७३औँ मिनेटमा आर्मीका सुदिल राई र मछिन्द्रका ओमोलाजा करिमले आपसमा झगडा गरेपछि दुवैजनाले रातो कार्ड पाएका थिए । त्यसपछि दुवै टोली १० खेलाडीमा सीमित भएका थिए । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक आर्मीका समित श्रेष्ठ, उदियमान खेलाडी मछिन्द्रका सौरव राई र उत्कृष्ट प्रशिक्षक आर्मीका राजु तामाङ घोषित भए । उनीहरुले जनही रु २५ हजार पुरस्कार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका कप्तान सुजल श्रेष्ठ भए । उनले रु एक लाख पुरस्कार पाए ।

विजेता तथा उपविजेतालाई झापा क्षेत्र नं. १ का सांसद् एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदान गरेका थिए । उनले झापा सामाजिक, आर्थिक, राजनीतिकसँगै खेलकुद क्षेत्रमा अब्बल भएको बताए । आयोजकले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पूर्व फुटबल खेलाडी गम्भीर राईलाई पुरस्कृत गरेको छ । उनले एक थान मोटरसाइकल प्राप्त गरे । यही फागुन ७ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन भएको थियो ।