२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप छनोट: दीपेशको घातक बलिङमा नेपाललाई ७३ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आइसिसी यू–१९ विश्वकप एसिया कप छनोटमा मलेसियाले नेपाललाई ७३ रनको झिनो लक्ष्य दिएको छ । मलेक क्रिकेट ग्राउन्ड २ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया ३५.३ ओभरमा ७२ रन बनाएर अल आउट भयो ।

मलेसियाका मोहम्मद अकरम मलेक ५१ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाएर क्याच आउट भए । उनी स्पिनर दीपेश कँडेलको बलमा विशाल विक्रम केसीबाट क्याच आउट भएका थिए । यस्तै, मुहम्मद सायाहिर र मूहम्मद हरिसानले समान १२/१२ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि बलिङ गरेका दीपेश कंडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए । आकाश चन्दले ३ विकेट लिए भने मिलन बोहोराले २ विकेट लिए । सुवास भण्डारीले भने १ विकेट लिए ।

पहिलो खेलमा सिंगापुर , दोस्रोमा कुवेत र तेस्रो खेलमा हङकङलाई पराजित गरेको नेपाल मलेसियालाई हराएर लगातार चौथो जित निकाल्न चाहन्छ ।