• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु ★   धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु ★   दक्षिण अफ्रिकामा ३४ हजार बर्ष पूराना ‘धमिराको ढिस्का’ फेला ★   चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति हो: उपप्रधानमन्त्री श्रेष्ठ ★   काठमाडौँ–तराई/मधेस द्रुतमार्ग: लेनडाँडा सुरुङमार्ग छिचोलियो

पुस १० गते गल्ती भयो अब केन्द्रदेखि प्रदेशसम्म आठ दलीय गठबन्धनको सरकार बन्छ: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रदेखि प्रदेशसम्म आठ दलीय गठबन्धनको सरकार बन्ने दाबी गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेसले पुस १० गते गरेको गल्ती सच्चाएको बताएका हुन् ।

महामन्त्री थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बन्ने विषयमा मात्रै नसोचेको दाबी गरेका छन्। एमालेसँगकै गठबन्धन बलियो बनाएको भए प्रचण्डले धेरै वर्ष प्रधानमन्त्री बन्न सक्ने उनले बताए ।

‘माओवादी केन्द्रको अध्यक्षले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए। आजको दिनमा एमालेसँग भएको गठबन्धन छोड्नै पर्दैनथ्यो।’, महामन्त्री थापाले भने, ‘एमालेसँगको गठबन्धनमा पनि राष्ट्रपति एमालेले पाउँथ्यो। माओवादीले पाउँदैनथ्यो। अहिलेको गठबन्धनमा कांग्रेसको उम्मेदवार बन्नुभएको छ। यो गठबन्धनमा आएर माओवादीले धेरै कुरा पाएको होइन।’

उनले सत्य कुरालाई सही भन्न सक्नुपर्ने भन्दै कांग्रेसले पुस १० को गल्तीलाई सच्चाएर अस्वाभाविक रूपमा बनेको गठबन्धन घाम लागेका बेलामा भत्काएको टिप्पणी गरे।