५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामचन्द्रजी सँगै जेल बसेको साथी हो, उहाँप्रति नकारात्मक छैन– ओली



अ+ अ-

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि  कांग्रेसले नेकपा एमालेसँग औपचारिक रूपमा भोट मागेको छ। पार्टी सभापति शेरबहादुर देउवाको तर्फबाट पत्र लिएर कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

देउवाको पत्र बुझेपछि ओलीले रामचन्द्र पौडेलप्रति आफू नकारात्मक नरहेको जवाफ दिएको मुख्यसचिव पौडेलले बताए। ‘हामीले पुरानो पुस्ताले राजनीतिलाई ट्र्याकमा ल्याएर छोड्न पाए हुन्थ्यो।’,ओलीको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘उहाँले नकारात्मक कुनै कुरा गर्नुभएन। उहाँले रामचन्द्रजी मसँगै जेल बसेको साथी हो। उहाँप्रति म नकारात्मक छैन भन्नुभयो।’

सचिव पौडेलले लोकतन्त्रको लागि त्याग गरेको मान्छेलाई राष्ट्रपतिमा भोट हाल्न र सर्वसम्मत गराउन आग्रह गरेको बताए।