२९ भाद्र २०८३, सोमबार
,
Latest
कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन टिकेन ओली–प्रचण्ड गठबन्धन ?



file
अ+ अ-

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध यसपटक दुई महिनामै टुटेको छ।

बालकोटको बार्दलीमा गत पुस १० गते ‘पुनर्मिलन’ भएका शीर्ष दुई नेता राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्तासम्म आइपुग्दा ‘बिछोडिएका’ हुन्। एमालेले सोमबार समर्थन फिर्ता लिँदै सरकार छाडेको छ। यससँगै उक्त पार्टी प्रमुख प्रतिपक्षीको कित्तामा पुगेको छ।

दाहाल एमालेसहित १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। त्यस बेला कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद दिन अस्वीकार गरेपछि दाहाल ओलीसँग पुनः सम्बन्ध गाँस्न पुगेका थिए।

तब एमालेसहित सात दलको नयाँ गठबन्धन बनेको थियो। त्यस क्रममा माओवादीबाट दाहाल प्रधानमन्त्री र राष्ट्रपति एमालेलाई दिने ‘सहमति’भएको थियो। तर, उक्त सहमतिविपरीत दाहालले राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई साथ दिएका छन्।

बालकोटमा बनेको गठबन्धन तोडेर दाहालले यही फागुन १२ गते कांग्रेससहितको आठ दलको नयाँ समीकरण बनाएका हुन्। त्यस क्रममा दाहाल साढे २ वर्ष, त्यसपछि माधवकुमार नेपाल एक वर्ष र चुनाव गराउने गरी अन्तिममा डेढ वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति बनेको चर्चा छ।

यही गठबन्धनबाट पौडेल राष्ट्रपति उम्मेदवार बनेका हुन्। एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपति उम्मेदवार बनाएको छ। अन्नपूर्ण पोस्ट