११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति काइँलाको स्वास्थ्यमा सुधार

प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति काइँलाको स्वास्थ्यमा सुधार
अ अ+ अ-

काठमाडौं । ॐ अस्पतालमा उपचाररत नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति (तिल विक्रम नेम्वाङ) वैरागी काइँलाको स्वास्थ्यमा सुधार आएको छ ।

एक साताअघि मस्तिष्काघात भई काठमाडौंको ॐ अस्पतालमा उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको उहँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्यमा क्रमिक सुधार आएपछि उहाँलाई हाल सघन उपचार कक्षबाट बार्डमा सारीएको छ । शरीरको दायाँ भाग शुरुमा चल्न नसकेको र बोली राम्ररी खुल्न नसकेको अवस्थामा ॐ अस्पताल भर्ना हुनुभएकोमा उहाँको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आई अहिले सामान्यतः शरीर र हात चल्न थालेको तथा बोली पनि स्पष्ट निस्कन थालेको उहाँको परिवारका सदस्य लकेश तुम्बाहाङ्फेले सफल नेपाललाई जानकारी दिनुभयो ।

शरीरको दायाँ भाग शुरुमा चल्न नसकेको र बोली राम्ररी खुल्न नसकेको अवस्थाबाट काइँलाको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आई सामान्यतः शरीर र हात चल्न थालेको तथा बोली पनि प्रस्ट निस्कन थालेको सदस्यसचिव उपाध्यायले बताउनुभयो ।

नेपाली साहित्यमा आयामेली आन्दोलनका एक हस्ती, वरिष्ठ कवि एवं मुन्धुम दर्शनका आधिकारिक व्याख्याता काईँलाको स्वास्थ्योवस्था बुझ्न प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्यसचिव प्रा।जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्य एवं साहित्य (पद्यरकाव्य) विभाग प्रा.डा.हेमनाथ पौडेललगायतका ब्यक्तित्वहरु ॐ अस्पताल पुगी काइँलाकी छोरी नामोती नेम्बाङ, उपचारमा संलग्न चिकित्सक तथा नर्सहरूबाट उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

काईँलाको उपचारमा ॐ अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सघन उपचार विशेषज्ञ डा।प्रमेश सुन्दर श्रेष्ठ, न्यूरोलोजिष्ट डा।कृष्ण ढुङ्गाना लगायतका चिकित्सकहरु सहितको टोली संलग्न रहेको अस्पतालले जनाएको छ । –रासस