• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

सर्वोच्चको फैसला: सन्दीपलाई विदेश जान अनुमति, थुनामा राख्नु नपर्ने



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले विदेशी भूमिमा हुने क्रिकेट खेल्न पाउने भएका छन् । सोमवार सर्वोच्च अदालतले पाटन उच्च अदालतले विदेश खेल्न जान प्रतिवन्ध लगाएकोमा सर्वोच्च अदालतले त्यसलाई फुकुवा गरेको हो ।

न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छोड्ने पुस २८ गतेको उच्च अदालतको आदेश सदर गरेको हो । सर्वोच्चले सन्दीपको रोक्का भएको राहदानी फुकुवा गर्न पनि आदेश दिएको छ ।

सन्दीप खेल समाप्त भएपछि बाटोको म्यादबाहेक १५ दिनभित्र अदालतमा उपस्थित भएर जानकारी गराउनुपर्नेछ । यस शर्तको उल्लंघन गरेको खण्डमा भने यो सुविधा फिर्ता लिने जानकारी सन्दीपलाई गराउन पनि अदालतले आदेश दिएको छ । अदालतले फास्ट ट्रयाकमा मुद्दाको किनारा लगाउन पनि जिल्ला अदालत काठमाडौंलाई आदेश दिएको छ ।

सर्वोच्चको आदेशपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सन्दीप लामिछानेको तर्फबाट विदेश खेल्न जान पाउनुपर्ने निवेदनमा सुनुवाई गर्दै विदेशमा खेल्नबाट रोक्नुपर्ने कुनै कारण नरहेकाले विदेशमा खेल्नका लागि जान पाउने आदेश अदालतले दिएको बताउनु भयो । उहाँले निजको राहदानी रोक्का भएको भए फुकुवा गर्न पनि आदेश दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उच्च अदालत पाटनबाट विभिन्न प्रकृतिका निषेधात्मक आदेशहरु उल्लंघन नगरी पालना गरेको देखिन्छ । अत प्रतिवादी संलग्न कागजात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेलाडी भएको र निजले देश र देशबाहिर पनि अन्तर्राष्ट्रिय स्तरको प्रतिष्पर्धामा भाग लिन जानुपर्ने देखिएको हुँदा विदेश जान रोक लगाउन उच्च अदालत पाटनले प्रकरण नम्बर २१ को खण्ड क दण्डित मिति २०७९/९/२८ मा भएको आदेश मिलेको नदेखिदा सो हदसम्म बदर गरिएको छ ।

हाल निज प्रतिवादी विश्वकप एशिया छनोटको प्रतियोगिता जानुपरेको निवेदनको अनुसार प्रतिवादी सन्दीप लामिछानेलाई क्रिकेट खेल्न विदेश जान दिनु, दिलाउनु एवं निजको राहदानी रोक्का भएको भए फुकुवा गरिदिनु भनि सम्बन्धित निकायमा लेखि पठाउनु र निज प्रतिवादी सन्दीप लामिछाने नेपालको तर्फबाट सहभागि भई कुनैपनि देशमा क्रिकेट खेल्न गएको भएमा सो खेल समाप्त भई उपलब्ध यातायातका साधान जस्तै हवाईजहाज, स्वदेश फर्किन लाग्ने युक्तिसंगत म्याद बाहेक १५ दिन भित्र मुद्दा हेर्ने अदालतामा उपस्थित भइ स्वदेश फर्किएको जानकारी दिलाउनु र यस शर्तको उल्लंघन गरेको उक्त सेवासुविधा फिर्ता लिने भन्ने व्यहोराको जानकारी निज प्रतिवादी सन्दीप लामिछानेलाई गराउनु ।

प्रश्तुत मुद्दा जबरजस्ती करणको अभियुक्त भएको र प्रतिवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी भई सार्वजनिक चासोको विषय भएकोले फास्ट ट्रयाकबाट निरन्तर सुनुवाईका प्रक्रिया पूरा गरी छिटो कारवाही गर्नु भनि काठमाडौ जिल्ला अदालतलाई जानकारी दिई नियम अनुसार गर्नु । प्रश्तुत निवेदन बन्द इजलासबाट सुनुवाई भएकोले यो आदेशको प्रतिलिपि सम्बन्धित जाहेरवाला प्रतिवादी र निजका कानून व्यवसायीलाई मात्र उपलब्ध गराई सो आदेश सामाजिक सञ्जालमा अपलोड नगर्नू नगराउनू ।’

अदालतले प्रश्तुत मुद्दा जबरजस्ती करणको अभियुक्त भएको र प्रतिवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी भई सार्वजनिक चासोको विषय भएकोले फास्ट ट्रयाकबाट निरन्तर सुनुवाईका प्रक्रिया पूरा गरी छिटो कारवाही गर्नु भनि काठमाडौ जिल्ला अदालतलाई जानकारी दिई नियम अनुसार गर्न पनि आदेश दिएको छ ।