• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

कुशल भुर्तेलको अर्धसतक



फाईल फोटो

काठमाडौँ । ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीबिरुद्धको खेलमा अर्धशतक पूरा गरेका छन् । कुशलले ५९ बलमा ५ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन् ।

जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा २ विकेट गुमाउँदै १ सय ३ रन बनाएको छ ।

ओपनर आसिफ शेख ३९ बलमा ५ चौकासहित ४४ रनमा आउट भए । कुशल भुर्तेलसँग तालमेल नमिल्दा आसिफ रन आउट भएका थिए । यस्तै ज्ञानेन्द्र मल्ल नर्मन भानुआको १७ औं ओभरको अन्तिम बलमा चार रन बनाएर बोल्ड आउट भए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो ।