२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाह रिहा -फोटो फिचर



अ+ अ-

काठमाडौँ । बलात्कार आरोप लागेका अभिनेता पल शाह रिहा भएका छन् । शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई आइतबार सफाइ दिएसँगै उनी सोमबार जेलबाट छुटेका हुन् ।

अदालतले उनलाई जेलमुक्त गर्न आदेश दिएको थियो । बलात्कार आरोपमा अभिनेता शाहले गत वर्षको फागुन १५ गते अर्थात आजैका दिन जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।

जेलबाट छुट्दा शाहको स्वागतका लागि तनहुँ कारागारबाहिर समर्थकको भिड लागेको थियो । नवलपुर जिल्ला अदालतले यसअघि नै शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे दुई वर्षको कैद सजाय गरेको थियो ।

शाहमाथि बलात्कार अभियोग दर्ता भएको थियो तर नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो । तर तनहुँ जिल्ला अदालतले भने उनलाई निर्दोष ठहर गरेको थियो । पीडित व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।

तस्बिरः नारायण खड्का