२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया छनोट: हङकङविरुद्ध नेपाल बलिङमा



अ+ अ-

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट खेलमा नेपालले हङकङविरुद्ध बलिङ गर्ने भएको छ ।

यूएईको मालेक क्रिकेट मैदानमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुआतमा बलिङ गर्ने भएको हो ।

पहिलो खेलमा सिंगापुरलाई र दोस्रो खेलमा कुवेतलाई पराजित गरेको नेपाल लगातार तेस्रो जित निकाल्न चाहन्छ ।

हङकङ भने दोस्रो जितको खोजीमा रहेको छ । हङकङले पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो भने दोस्रो खेलमा यूएईसँग हार बेहोरेको थियो ।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । २०१६ पछि विश्वकपमा छनोट हुने लक्ष्यका साथ यूएई पुगेको नेपाली टोली जित निरन्तरता गर्न चाहन्छ।

नेपालले तेस्रो खेलमा २८ तारिख मंगलबार मलेसियासँग सामना गर्नेछ भने मार्च २ बुधबार घरेलु टोली यूएईसँग खेल्नेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।