११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

सञ्चारमन्त्री रेखा शर्मा र काठमाडौँका मेयर बालेन्द्र शाहबीच भेटवार्ता

सञ्चारमन्त्री रेखा शर्मा र काठमाडौँका मेयर बालेन्द्र शाहबीच भेटवार्ता
अ अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बीच आज भेटवार्ता भएको छ। उक्त भेटमा विषेश गरि दुईवटा विषयमा छलफल भएको थियो।

पहिलो, काठमाडौँ महानगर भित्रको तार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि मन्त्री र मेयर बीच छलफल भएको छ। अव्यवस्थित तारले शहरको सुन्दरता नै घटाएको हुँदा, त्यसलाई कसरी नियमन गर्दै व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको छ।

देस्रो, त्यसलाई व्यवस्थित गर्नलाइ कारबाहिको दायरासम्म ल्याउनु पर्ने विषयमा उहाँहरु बीच छलफल भएको छ। मन्त्री शर्माले यसलाई नियमन गर्ने ऐन बनिरहेको र त्यसलाई चाँडै समितिमा पठाउने कुरा गर्नु भएको छ। त्यसअघि हाल मौजुदा कानुन र श्रोत साधनलाई प्रयोग गरि मन्त्रालयको संयोजनमा सरोकारवालाहरु सँग छलफल गरेर तत्कालै तारलाई कसरी व्यवीस्थत गरेर शहरको सुन्दरता बढाउने भन्ने विषयमा पनि छलफल भएको थियो।

जनताले पाउने सहि सूचनाको हक सूनिश्चिता हुनु पर्यो र व्यापक रुपमा बढिरहेको फेक न्युजलाइ कसरी मनिटर गर्ने विषयलाई लिएर पत्रपत्रिका, टेलिभिजन, रेडियो, सामाजिक संजाल, यूट्यूबलाई व्यवस्थित गर्ने भन्नेमा छलफल भएको छ। यसरी राज्यको मातहतमा नअएको कर पनि संकलन गर्न सकिने कुरा भयो।

साथै, गुगल, फेसबुक, टुइटर, यूट्यूब लगायतका संजालहरुको नेपालमा कार्यलय पनि खोल्न पहल गर्ने विषयमा छलफल भएको छ। र उहाँहरु बीच राज्यसँग भएको डाटालाई कसरी सुरक्षीत गर्न सकिन्छ भन्ने पनि कुरा भएको छ।