२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय कुमारले ‘सेल्फी’ फ्लप हुनुको जिम्मेवारी लिँदै भने – दर्शकको ‘मुड’ बदलियो



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘सेल्फी’ रिलिज भई बक्स अफिसमा फ्लप सावित भएको छ । करिब १५० करोडको बजेटमा बनेको यो फिल्मले पहिलो दिन निकै खराब प्रदर्शन गरेको थियो । दोस्रो दिन पनि चलचित्रको अवस्था झण्डै उस्तै रह्यो । गत वर्ष लगातार चार पटक फ्लप दिने अक्षय कुमारको यो वर्ष रिलिज भएको यो पहिलो फिल्म हो र यो पनि फ्लप साबित भयो । योसँगै अक्षयको लगातार पाँचौं फिल्म फ्लप भएको छ ।

अक्षय कुमारले आफूसँग यो पहिलो पटक नभएको बताएका छन् । गल्ती गर्दा यस्तो हुने गरेको अभिनेताले बताए । यससँगै अक्षयले आफ्ना फिल्म फ्लपको जिम्मेवारी पनि लिएका छन् । दर्शक र उनीहरुको मुड बदलिँदै गएको उनी बताउँछन् । आफूले यसलाई समात्नु पर्ने बताउँछन् ।

अक्षय कुमारले भने, ‘मसँग यो पहिलो पटक भएको होइन । जब म फिल्मी क्षेत्रमा प्रवेश गरें, मसँग लगातार १६ फिल्म फ्लप थिए । त्यसपछि यो बीचमा लगातार आठ फिल्म फ्लप भए । हरेक क्रिकेटरले हरेक दिन शतक बनाउँदैनन् ।’

अक्षयले आफूले दर्शकको नाडी थाम्न नसक्ने बताए । एक्सन फिल्ममा कमब्याकको बारेमा अक्षय कुमारले भने, ‘म अर्कोतिर गएको कारण कहिलेसम्म यसरी बाँच्ने थिएँ ? दर्शकले एक्सन मन पराए भने पक्कै फर्कनेछु । अब मेरा फ्यानहरू म परिवर्तन भएको चाहन्छन् र गर्नेछु ।’