२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय कुमारले ‘सेल्फी’ फ्लप हुनुको जिम्मेवारी लिँदै भने – दर्शकको ‘मुड’ बदलियो



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘सेल्फी’ रिलिज भई बक्स अफिसमा फ्लप सावित भएको छ । करिब १५० करोडको बजेटमा बनेको यो फिल्मले पहिलो दिन निकै खराब प्रदर्शन गरेको थियो । दोस्रो दिन पनि चलचित्रको अवस्था झण्डै उस्तै रह्यो । गत वर्ष लगातार चार पटक फ्लप दिने अक्षय कुमारको यो वर्ष रिलिज भएको यो पहिलो फिल्म हो र यो पनि फ्लप साबित भयो । योसँगै अक्षयको लगातार पाँचौं फिल्म फ्लप भएको छ ।

अक्षय कुमारले आफूसँग यो पहिलो पटक नभएको बताएका छन् । गल्ती गर्दा यस्तो हुने गरेको अभिनेताले बताए । यससँगै अक्षयले आफ्ना फिल्म फ्लपको जिम्मेवारी पनि लिएका छन् । दर्शक र उनीहरुको मुड बदलिँदै गएको उनी बताउँछन् । आफूले यसलाई समात्नु पर्ने बताउँछन् ।

अक्षय कुमारले भने, ‘मसँग यो पहिलो पटक भएको होइन । जब म फिल्मी क्षेत्रमा प्रवेश गरें, मसँग लगातार १६ फिल्म फ्लप थिए । त्यसपछि यो बीचमा लगातार आठ फिल्म फ्लप भए । हरेक क्रिकेटरले हरेक दिन शतक बनाउँदैनन् ।’

अक्षयले आफूले दर्शकको नाडी थाम्न नसक्ने बताए । एक्सन फिल्ममा कमब्याकको बारेमा अक्षय कुमारले भने, ‘म अर्कोतिर गएको कारण कहिलेसम्म यसरी बाँच्ने थिएँ ? दर्शकले एक्सन मन पराए भने पक्कै फर्कनेछु । अब मेरा फ्यानहरू म परिवर्तन भएको चाहन्छन् र गर्नेछु ।’