१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाँदै(भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार कतार जानुहुने भएको छ ।

अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिन उहाँ कतार जान लाग्नुभएको हो । कतारको दोहामा हुने सममेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जानुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि राष्ट्रपति निर्वाचनलाई लिएर उहाँ कतार जाने वा नजाने भन्ने टुंगो लागेको थिएन ।

प्रधानमन्त्रीसँगै उक्त सम्मेलनमा परराष्ट्रमन्त्री विमला राई पौड्याल पनि सहभागी हुनुहुनेछ । प्रधानमन्त्री प्रचण्ड सम्मेलन सकेर यही फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।