२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा



अ+ अ-

काठमाडौं । क्रिकेटर क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ ।

यसअघि शुक्रबार भएको प्रारम्भिक सुनुवाइमा सर्वोच्च अदालतले निवेदनमा माग गरिएबमोजिम अन्तरिम आदेश नगरी आइतबार पुन: सुनुवाइ हुने गरी आदेश दिएको थियो । आजको सुनुवाइमा लामिछानेका विषयमा सरकारी र लामिछानेको निवेदन एकै साथ पेस गर्न भनिएको छ । आइतबारको सुनुवाइ भने उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो ।

संयुक्त अरब ईमिरेट्स दुबईमा हुने क्रिकेट प्रतियोगितामा खेल्नका लागि जान पाउनुपर्ने मागसहित बिहीबार लामिछानेका तर्फबाट अधिवक्ता सरोज घिमिरेले निवेदन दिएका थिए ।

सर्वोच्च अदालतमा लामिछानेबारे महान्यायाधिवक्ता कार्यालयले दिएको रिट पनि रहेको छ । आदेशमा आगामी हप्ता नै खेलिने अन्तर्राष्ट्रिय क्रिकेट खेलसँग सम्बन्धित विषय देखिएको र उल्लिखित निवेदन उपरको सुनुवाइ ढिलाइ हुन गएमा निवेदनको मूल प्रयोजन नै समाप्त हुन जानेसमेत देखिएको उल्लेख गरिएको छ । लामिछानेले विदेशमा खेल्न जान दिनुपर्ने माग राखी रिट दायर गरेका थिए ।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म युएई र पपुवान्युगिनीसँग सिरिज खेल्दैछ । नाबालिग बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतको थुनछेक आदेशपछि थुनामा बसेका लामिछाने उच्च अदालत पाटनले जारी गरेको आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए । तर, अदालतले सन्दीपलाई काठमाडौँभन्दा बाहिर जान नपाउने सर्त राख्दै रिहा गरेको थियो ।