• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

महालक्ष्मी बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त



काठमाडौँ । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त हुनु भएको छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले  स्वतन्त्र सञ्चालकमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४(३) मा भएको व्यवस्था बमोजिम उक्त निर्णय गरेको कम्पनी सचिव सोमराज पन्तले बताउनु भयो ।