८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै श्रीमतीसँग किन भयो यी व्यक्तिको दोस्रोपटक विवाह ?



अ+ अ-

एजेन्सी । अमेरिकामा एक जोडीले दोस्रोपटक विवाह गरेका छन्। ५६ वर्षका पिटर तीन वर्ष अगाडि मात्र बिर्सने रोग अज्लाइमरबाट पीडित बनेका थिए। त्यसपछि उनले लिजा मार्सलसँग १२ वर्ष अगाडि विवाह गरेकै बिर्सिए। तर लिजा भने श्रीमानको हेरचाह गर्छिन्। हरेक समय उनको सेवामा रहँदै आएकी छिन्।

गत डिसेम्बरमा जब उनीहरु आफ्नो मनपर्ने टीभी कार्यक्रम हेरिरहेका थिए, पिटरले लिजालाई अचानक विवाहको प्रस्ताव राखे। पिटरले यो बिर्सिसकेका थिए कि उनीहरुले विवाह गरेका थिए। श्रीमानबाट विवाहको प्रस्ताव आएपछि लिजा निकै हर्षित भइन्।

उनले आँखाभरी आँशु पार्दै विवाह गरौं भनेर सहमति जनाइन्। उनीहरु एक हुँदा हुँदै पनि दोस्रोपटक प्रेममा परे। यतिबेला उनीहरुले दोस्रोपटक विवाह गरिसकेका छन्।

श्रीमानबाट छुट्टिने होकि भन्ने चिन्ता भएकी लिजा यतिबेला श्रीमानको नयाँ माया पाएर हर्षित छिन्। लिजालाई पिटरले फेरि बिर्सिन्छन् भन्ने चिन्ता अवश्य छ। तर उनी भन्छिन्,‘जीवन समाप्त नभएसम्म हामी एक हुनेछौं। हामीलाई कसैले अलग्याउन सक्दैन।’तर ५४ वर्षकी लिजा सीएनएनसँग कहिलेकाँही आफ्नो मन दुख्ने बताउँछिन्।

उनी भन्छिन्,‘हामीले नयाँ सम्झनलायक क्षण विताएका छौं। तर म उनलाई पुराना याद दिलाउन चाहन्छु। त्यो पल सम्झिन्छौरु भनेर सोध्न चाहन्छु। यद्यपी पिटरले पुराना याद बिर्सिसके।’