• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

रामचन्द्र पौडेल राष्ट्रपति बन्न सक्छन्: जनार्दन शर्मा(भिडियोसहित)



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति बन्न सक्ने संकेत दिएका छन् ।

चार दलबाट राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति बन्न सक्ने संकेत गरेका छन् ।

प्रतिनिधि सभाको बैठकपछि बाहिरने क्रम सञ्चारकर्मीले ‘राष्ट्रपतिमा कांग्रेसका नेता रामचन्द्र पौडेलेको नाममा सहमति बन्न लागेको हो ?’ भन्ने प्रश्नमा ‘पक्कै पनि त्यही हो ।’ जवाफ दिएका छन् ।

उनले राष्ट्रपति पदमा राजनीतिक खिचातानी छाडेर राष्ट्रिय सहमति हुनुपर्ने बताए । ‘हामीले एजेण्डासहित राष्ट्रिय सहमति भनेर प्रस्ताव पार्टीबाट अघि सारेका छौं । एमालेसहित सबै दलहरुसँग छलफल हुन्छ। शर्माले भने, तानातानको अवस्था होइन । सहकार्यको अवस्था छ । राष्ट्रिय सहमति गर्नुपर्छ । राजनीतिक खिचातानी छाडेर सबै पार्टीहरु जिम्मेवार भएर लाग्नुपर्छ ।