• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

आकस्मिक सार्वजनिक बिदाका दिन बैंक तथा वित्तीय संस्था खुल्ने



काठमाडौँ । सरकारले दिने आकस्मिक सार्वजनिक बिदाका दिन अब बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७० मा संशोधन तथा परिमार्जन गर्दै शुक्रबार यस्तो व्यवस्था गरेको हो ।

उक्त व्यवस्थाअन्तर्गत अब नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सूचीबाहेक नेपाल सरकारले आकस्मिक बिदा दिएको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्नुपर्ने छ ।

यद्यपि सरकारले दिने यस्ता आकस्मिक बिदाका बेला बिहान १० बजेदेखि दिउँसो १:३० बजेसम्म कार्यालय खुला राख्ने केन्द्रीय बैंकले समय निर्धारण गरेको छ । सो बेला बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग र कार्यालय खुला राखेर सेवा सञ्चालन गर्नुपर्ने छ ।