१३ श्रावण २०८३, बुधबार
,
Latest
अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री मोदीको पूर्वराजा शाहलाई चेतावनी– आफ्नो ठाउँमा बस्नुस्(भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिनुभएको छ ।

शुक्रवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले काठमाडौंमा आयोजना गरेको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठिक ठाउँमा बस्न चेतावनी दिनुभएको हो ।

उहाँले एक, दुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजाले म नै राजा हुँ भन्ने सोचिरहेको भन्दै त्यस्तो नसोच्न चेतावनी दिनुभयो । देशमा गणतन्त्र आइसकेको र जनताको छोराछोरी राष्ट्रपति बन्न पाउने भन्दै उहाँले देश पश्चगमनतर्फ नफर्कने बताउनु भयो । मानव जातिका लागि गणतन्त्र सबैभन्दा सुन्दर व्यवस्था भएको उहाँले बताउनु भयो ।

मन्त्री मोदीले पूर्वराजा शाहलाई आफूहरुले सम्मानपूर्वक नै ठिक ठाउँमा बस्न आग्रह गरेको स्पष्ट पार्नुभयो । उहाँले आफूहरुले देशलाई ठिक दिशा दिइरहेको भन्दै देशलाई खल्बल्याउनेहरुलाई खबरदारी गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘अहिले के चर्चा छ भने यसो एक, दुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजा फेरि पनि म हुँ भन्ने किसिमको सोचिराखेको छ । यो देशमा गणतन्त्र आइसकेको छ । देशमा गणतन्त्र आइसकेपछि जनताको छोरा राष्ट्रपति हुन पाउँछ । कयौँ कुराहरु सामान्यरुपमा त्रुटी हुन्छ सिक्दै जाने क्रममा । तर देशको लोकतन्त्रको सबभन्दा सुन्दर पक्ष हो गणतन्त्र ।’

‘लोकतन्त्र आज समावेशी, धर्म निरपेक्षता, संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्र जो एउटा सुन्दर पक्ष आज आफ्नो अधिकारको कुरा हरेक मान्छेले राख्न पाउँछ । यो भन्दा कुनै सुन्दर पक्ष मानव जातिको लागि हुनै सक्दैन । गणतन्त्र नेपालको लागि सबभन्दा सुन्दर पक्ष हो र संसारका लागि पक्ष हो । तसर्थ पश्चगमनमा कोही जान सक्दैन र पश्चगमनतिर जाँदैन । राज्य पश्चगमनतिर जानै सक्दैन । र जहिले पनि अग्रगमनतिर जान्छ । र हामी अग्रगमनतिर नै अगाडी बढ्नुपर्छ ।’

‘कहिलेकाहीँ क्रान्तिमाथि प्रतिक्रान्ति हुनसक्छ । तर यो प्रतिक्रान्ति पनि होइन । पूर्वराजा ठिक ठाउँमा बस्नुपर्छ । हामीले उहाँलाई सम्मान दिएर नै भन्ने गरेका छौँ, यदी आफ्नो ठिक ठाउँमा भएन भने गणतन्त्रका लागि हजारौँ हजार जनताले बलिदान दिनुभयो । लाखौँ लाख जनताहरु सडकमा आउनुभयो । त्यो स्थिति अब फेरि पनि नहोस् । हाम्रो तर्फबाट यो देश सुशासनमा, ठिक तरिकाले हिँडिराखेको बेलामा, यो देशलाई हामीले ठिक तरिकाले दिशा दिइरहेको बेलामा कसैले यसलाई खल्बल्याउँछ भने हामी हाम्रो तर्फबाट खबरदारी गर्नुपर्छ ।’

मन्त्री मोदीले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले देशको राजनीतिक अवस्था परिवर्तनका निम्ति पत्रकारहरुको ठूलो योगदान रहेको भन्दै प्रशंसा समेत गर्नुभयो ।