१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव–ईश्वर भेट: नेकपा ब्युँत्याउने भए राष्ट्रपति बन्छु – माधव नेपाल



अ+ अ-

काठमाडौँ । राष्ट्रपतिको निर्वाचनलाई लिएर नेताहरुबीच दौडधुप चलिरहेको बेला नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ ।

काठमाडौँमा भएको भेटमा नेपालले नेकपा ब्युँत्याउने भए आफू राष्ट्रपति बन्न तयार रहेको इच्छा व्यक्त गरेका छन् । स्रोतका अनुसार भेटमा राष्ट्रपति चयनका विषयमा कुराकानी भएको र नेपालले नेकपा ब्युँत्याउने भए राष्ट्रपति बन्न आफू तयार रहेको बताएका थिए ।

सत्ता गठबन्धन ‘भत्कीने’ अवस्था आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेका छन् ।