२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेससहितको गठबन्धन व्युताउने विषय टुंगोमा पुगेको छैन : उपप्रधानमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काँग्रेससहितको पुरानो गठबन्धनलाई व्युत्याउने विषय टुंगोमा पुगिनसकेको बताउनु भएको छ ।

माओवादी केन्दका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री श्रेष्ठले सबै राष्ट्रिय राजनीतिक पार्टीहरुसँग छलफल जारी रहेकाले निष्कर्षमा पुग्न नसकिएको पनि स्पष्ट पार्नु भयो ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीचको भेटवार्तामा सहभागी हुनु भएका उहाँले सञ्चारकर्मीमाझ सबै राजनीतिक पार्टीहरुसँग छलफल गरेर मात्रै राष्ट्रपति निर्वाचनबारे निष्कर्षमा पुगिने प्रतिक्रिया दिनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘हाम्रो पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा अहिलेको राष्ट्रिय राजनीतिक परिस्थिति र मुख्यत: राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा छलफल भयो । अहिलेको छलफल अझै निष्कर्षमा पुगिसकेको छैन । हामी आजै फेरी अर्को बैठक बस्दैछौं–५ बजेतिर ।’

‘पूरानो गठबन्धन ब्यूताउने विषयमा त्यस्तो केही पनि सहमती भईसकेको छैन । हामीले अरु शक्तिहरुसँग पनि छलफल जारी राखेका छौं । त्यसो त हाम्रो पार्टीका अध्यक्ष नेकपा (एमाले)का अध्यक्ष लगातार छलफलमा हुनुहुन्छ । त्यहाँ पनि टुंगिसकेको स्थिति छैन । हामीले नेपाली काँग्रेससँग पनि हिजो छलफल गर्‍यौं । नेकपा एकीकत समाजवादी र जनता समाजवादीसँग पनि छलफल गर्नुपर्छ भनेर त्यही बैठकमा भनेका छौं । त्यसो त जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा सबै राष्ट्रिय पार्टीहरुसँग छलफल गरेर हामी निष्कर्ष पुग्छौं ।’

यसैबीच, काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच आजै अपरान्ह ५ बजे बैठक बोलाइएको छ । राष्ट्रपति निर्वाचनका बारेमा निष्कर्षमा पुग्न बैठक बस्न लागिएको उपप्रधानमन्त्री श्रेष्ठले पुष्टि गर्नु भयो ।