• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक ★   महासङ्घ अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

तीन लाख धरौटीमा रिहा भए आदील र महबुब



काठमाडौं । नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङको आरोपमा पक्राउ परेका राष्ट्रिय टोलीका सदस्य आदील आलम र पूर्व खेलाडी महबुब आलम थुनामुक्त भएका छन् ।

एक महिनादेखि हिरासतमा रहेका आदील र महबुब जिल्ला अदालत काठमाडौंको आदेशबमोजिम ३ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

आदील र महबुब धरौटीमा छुटेको नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले जानकारी दिए ।‘आदिलसहित तीन जनालाई धरौटीमा छाडेको हामीले पनि जानकारी पाएका छौं । तीन लाख धरौटीमा छुटेका थिए ।’, दासले भने, ‘यो क्रिकेट र स्पटको कुरा हो । आदिलले पूर्ण रुपमा फैसला नपाउन सम्म नेपाली क्रिकेट टोलीबाट खेल्ने सम्भावना कम हुन्छ ।’

अदालतले बुधबार थुनछेक बहस गर्दै उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको थियो। सो प्रकरणमा ५ जनालाई प्रतिवादी बनाइए पनि २ जना भने फरार रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ७ विदेशी र ५ नेपालीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न राय दिएपनि काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले भने नेपालीलाई मात्र मुद्दा दर्ता गरेको थियो ।