७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन

राखेपले सन्दीपलाई यूएई लैजान कुनै पहल नगर्ने

राखेपले सन्दीपलाई यूएई लैजान कुनै पहल नगर्ने
file
अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद(राखेप)ले राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछानेलाई यूएई भ्रमणको लागि कुनै पहल नगर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले विदेश लैजानेबारे पहल गरिदिन भन्दै राखेपलाई लिखित पत्र पठाएको थियो । तर, अदालतको फैसलाभन्दा बाहिर गएर केही पनि गर्न नमिल्ने भन्दै राखेप यस बिषयबाट पन्छिएको छ ।

क्यानले पठाएको पत्र राखेपले दर्ता नै नगरेको बताईएको छ । राखेपबाट सन्दीपका विषयमा कुनै कानूनी पहल नहुने राखेपका सदस्यसचिव टंकलाल घिसिङले बताए । उनले भने ,‘हामीले अदालतको आदेशलाई सम्मान गर्नुपर्छ । विदेश जान नपाउने भनेर स्पष्ट आदेश भएको हुँदा हामी त्यसलाई चुनौती दिन सक्दैनौं ।’

घिसिङले अदालतको पूर्ण सुनवाइबाट मात्रै पुरानो आदेश उल्टिनसक्ने बताए । उनले राखेप प्रचलित एेन र कानूनी अभ्यासभन्दा बाहिर नजाने बताए ।

सन्दीपले राष्ट्रिय टीमबाट विदेशमा खेल्न पाउनुपर्ने माग गर्दै पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गते (भोलि)लाई पेसी तोकिएको छ । भोलिको सुनवाइमा अदालतले उक्त रोक फुकुवा गरिदियो भने सन्दीप यूएई जान पाउछन्।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म यूएई र पपुवा न्युगिनीसँग शृङ्खला खेल्दैछ । एकदिवसीय मान्यता कायम राख्नका निम्ति नेपालको यो भ्रमण निर्णायक रहने भएकाले सन्दीपको उपस्थिति अत्यन्तै महत्वपूर्ण छ ।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपको प्रदर्शन उच्च रहेको थियो । घरेलु मैदानमा भएको लिग २ मा चारै खेलमा सन्दीपले विकेट लिएका थिए । उनले नामिबियासँगको पहिलो खेलमा ६६ रन खर्चेर ३ विकेट लिएका थिए भने स्कटल्याण्डसँगको पहिलो खेलमा २७ रन खर्चेर ३ तथा नामिबियासँगको दोस्रो खेलमा ४६ रन खर्चेर ३ विकेट लिएका थिए । यसैगरी स्कटल्याण्डसँगको दोस्रो खेलमा ४५ रन खर्चेर ४ गरी चार खेलमा १३ विकेट लिएका थिए ।