• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

डिउटीमा खटिएका प्रहरी जवानले गरे कन्चटमा गोली हानी आत्महत्या



फाईल फोटो

वीरेन्द्रनगर । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक जना प्रहरी जवानले आफ्नो कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । बिहीबार राती २:०० बजेतिर डिउटी सकिने बेला उनले आफैँले आफ्नो कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् ।

दार्चुलाको अपी नगरपालिका– ६ घर भई प्रहरी चौकी सुकाटिया कालिकोट दरबन्दी भएका कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत २६ वर्षका कबिन्द्र बिकले आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्महत्या गरेको प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बिक बिहान १ बजेदेखि ३ बजेसम्मको समयमा ४ नम्बर प्रहरी पोष्टको डिउटीमा खटिएका थिए । डिउटी सकिने बेलामा बिकले आफैँले बोकेको एसएलआरबाट दाहिने साइडको कन्चटमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको हो ।

घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमाण्डमा ८ जनाको प्रहरी टोली खटाएको छ ।

सुर्खेत प्रहरी प्रमुख एसपी योगेन्द्रसिंह थापाले जवानले के कारणले आत्महत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको बताउनुभयो ।