९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उडान सङ्ख्या थप्न सरकारसंग नेपाल वायु सेवा सञ्चालक सङ्घको माग



अ+ अ-

काठमाडौं । वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको छ। हाल तोकिएको ५० प्रतिशत उडान सङ्ख्याले यात्रु उद्धार गर्न कठिनाइ भएको तथा उडान सङ्ख्या घट्नेबित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायुसेवा कम्पनीले धान्नै नसकिने भएकाले सङ्घले विज्ञप्तिमार्फत उडान सङ्ख्या थप्न माग गरेको छ।

‘हामी यसका लागि सस्तो भाडादर तथा सहज र सङ्क्रमण नफैलिने तरिकारले उडान गर्न प्रतिबद्धता व्यक्त गर्दछौँ । सहज र सस्तो उडानका लागि निषधाज्ञा अगाडिकै उडान सङ्ख्या बढाइदिन हार्दिक अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ। अहिलेको अविरल वर्षाले विभिन्न क्षेत्रमा बाटोघाटो, सडक र पुलपुलेसामा क्षति पुर्‍याउँदा सर्वसाधारण यात्रु विभिन्न ठाउँमा रोकिएका भन्दै सङ्घले असहज परिस्थितिमा सरकारसँग हातेमालो गर्न तयार रहेको पनि स्पष्ट पारेको छ।

हवाई उडानबाट सङ्क्रमण नफैलिने अन्तर्राष्ट्रिय अध्ययनले पनि पुष्टि गरेको हुँदा नेपाली एयरलाइन्सले सङ्क्रमणरहित हवाई यात्राका लागि अन्तर्राष्ट्रिय मापदण्ड तथा सरकारद्वारा जारी निर्देशिकाको कडाइका साथ पालना गरिएको छ। स्यानिटाइजर, मास्क र फेशशिल्डको अनिवार्य प्रयोग तथा उडानपिच्छै जहाजको सङ्क्रमणरहित सरसफाइमा विशेष ध्यान दिएको सङ्घले जनाएको छ। यो समाचार नागरिक दैनिकमा छ ।