२९ भाद्र २०८३, सोमबार
,
Latest
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओडिआईमा सन्दीपको वरीयता खस्कियो



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान एवम् स्पीनर सन्दीप लामिछानेको एकदिवसीय अन्तराष्ट्रियमा बलिङ वरीयता खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा सन्दीप एक स्थान तल झरेर ३१ औं स्थानमा रहेका छन् ।

बलिङ तर्फ नै सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले शीर्ष १ सय भित्र स्थान बनाएका छन् । सोमपाल ९२ औं र ऐरी ९४ औं स्थानमा छन् ।

यस्तै, ब्याटिङ तर्फ कप्तान रोहित पौडेल पनि एक स्थान तल झरेका छन् । उनी ६७ औं स्थानमा छन् । त्यसैगरी, ज्ञानेन्द्र मल्ल ८६ औं तथा आसिफ शेख ९४ औं स्थानमा रहेका छन् ।

ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् भने बलिङमा भारतका तीव्र गतिका बलर मोहम्मद सिराज शीर्ष स्थानमा छन् ।

एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा नेपाल १९ औं स्थानमा यथावत रहेको छ ।