२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसारको सबैभन्दा खतरनाक ताल, जहाँ जनावरहरू पानीमा पसेपछि पत्थर बन्ने



अ+ अ-

एजेन्सी । तपाईंले बाल्यकालमा यस्ता धेरै कथाहरू सुन्नु भएको होला, जसमा जीवित प्राणीहरू पत्थर बनेका थिए । जसलाई पत्याउनै गाह्रो थियो । तर के तपाईलाई थाहा छ यो कथामा मात्र नभई वास्तविकतामा पनि हुन्छ । आज एउटा यस्तो तालको बारेमा चर्चा गरौँ जसमा जनावर वा चरा जाँदा ढुङ्गा (पत्थर) बन्छ । यो खतरनाक ताललाई मेडुसा ताल वा ‘जोम्बी लेक’ भनिन्छ ।

यसको नाम ग्रीक पौराणिक कथामा एक महिला चरित्र ‘मेडुसा’ बाट प्रेरित गरिएको हो, जुन धेरै डरलाग्दो छ । कथाका अनुसार उनले जसलाई एकै चोटि हेरे पनि ढुङ्गा बन्छन् । अफ्रिका महादेशको तान्जानिया देशमा रहेको यो ताल निकै खतरनाक छ । यस ताललाई त्यहाँका मानिसहरूले नेट्रोन ताल भन्छन् । यो रहस्यमय ताल अरुषा क्षेत्रको न्गोरोन्गोरो जिल्लामा अवस्थित छ ।

यस रहस्यमय तालको बारेमा भनिन्छ कि यस तालको नजिक जाँदा तपाईलाई रातो रंगको विशाल ताल देख्नुहुनेछ, जहाँ धेरै जनावर र चराहरूको मूर्तिहरू देखिनेछन् । वास्तवमा यो ती जनावर र चराहरूको शव हो जो मूर्ति जस्तै बनेका छन् । यो दृश्य हेर्दा निकै डर लाग्छ । स्थानीय मानिसहरू त्यो क्षेत्रमा जान डराउँछन् । यो ताल श्रापित भएको मानिसहरुको विश्वास छ । यस्तो अवस्थामा वैज्ञानिकहरूले यसको पछाडिको कारण जान्न कोसिस गरे, त्यहाँ जाने सबै पशु–पक्षीहरू मूर्ति बन्छन् । त्यसपछि यो पोखरीमा रहेको पानीका कारण यस्तो भएको खुलासा भयो ।

वास्तवमा, यस तालको पानी सामान्य पानी भन्दा धेरै क्षारीय हुन्छ । जसका कारण यस पानीको पीएच स्तर १०.५ सम्म हुन्छ । ज्वालामुखीबाट निस्कने लाभा यस तालको पानीमा पुग्छ र पानीलाई क्षारीय बनाउँछ, जुन निकै खतरनाक हुन्छ ।

यो संसारको एक मात्र ज्वालामुखी हो जसको लाभाले नाइट्रोकार्बोनेट उत्पादन गर्दछ । यति मात्र होइन, यस तालको पानीमा यस्ता कैयौं रसायन पाइन्छ, जसका कारण जनावर तथा चराचुरुङ्गीको शव सड्ने प्रक्रिया सुस्त हुन्छ । यही कारण हो कि यहाँ जनावर र चराहरूको शव ठ्याक्कै मूर्ति जस्तै देखिन्छ ।