७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन

विदेशीको ट्विटमा हाम्रो राष्ट्रपतिबारे पढ्नु लाजमर्दो: रघुजी पन्त

विदेशीको ट्विटमा हाम्रो राष्ट्रपतिबारे पढ्नु लाजमर्दो: रघुजी पन्त
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले विदेशीको ट्विटमा नेपालमा के राष्ट्रपति बन्ने भन्नेबारे पढ्नुपर्ने अवस्था लाजमर्दो भएको बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाँले आजसम्म कसैको अधीनमा नरहेको मुलुकको राष्ट्रपति निर्वाचअघि देखिएको गतिविधि अस्वाभाविक रहेको बताउनुभयो ।

उहाँले भारतीय विदेश सचिवले नेपाल आउँदा राष्ट्रपति, प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीहरुलाई भेटेकोप्रति रोष प्रकट गर्दै भन्नुभयो, “यो राष्ट्रिय सम्मानको कुरा हो, के हाम्रो विदेश सचिव जाँदा के यही ढंगको ट्रिट भारतमा पाउँछ ? ‘पाउँदैन भने नेपालले दक्षिण एसियाको आजसम्म कसैको गुलामी नगरेको, आजसम्म स्वतन्त्र रहेको र कहिले पनि पराधीन नरहेको यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्विटमा हेर्नुपर्ने ?”

यही फागुन ८ गते भारतीय बुद्धिजीवी एसडी मुनीले नेपालमा राष्ट्रपतिका लागि योग्य उम्मेदवार भनी देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, पूर्वसभामुख दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम ट्विटरमार्फत सुझाएका थिए । नेता पन्तले मुनीको उक्त ट्विटको आलोचना गर्दै भन्नुभयो, “हामीले हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा भारतको एउटा पूर्वप्रोफेसरले हाम्रा पूर्वराजदूतको नाम, हाम्रा पूर्वसभामुखको नाम, हाम्रा पूर्वअर्थमन्त्री, मानवअधिकारवादी लगायतको तीन चार जनाको नाम यिनीहरु नेपालको राष्ट्रपति हुनको लागि उपयुक्त हुन्छ भनेर प्रस्तुत गर्छ, कस्तो दिन आयो ?”

राष्ट्रपति निर्वाचनअघि भारतीय विदेश सचिव आएर राष्ट्रपतिदेखि राजनीतिक दलका नेताहरुलाई भेट गर्नु गलत भएको उहाँको भनाइ थियो । उहाँले आगामी दिनमा विदेशीहरुको भेटघाट नियमित गर्न र मुलुकको स्वाभिमानका लागि तदारुकता देखाउन माग गर्नुभयो ।